संसद अधिवेशन अन्त्यबारे कुनै परामर्श भएको छैन: सभामुख सापकोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

‘अधिवेशन अन्त्य गर्नेबारे मसँग कुनै सल्लाह भएको थिएन’, उनले भने । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संसद अधिवेशन अन्त्य गरेकी छन् । मं‍गलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस