‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरे’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख ६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहलाई कारबाही गर्ने बताएका छन् । पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले माधव नेपाल लगायत नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्नेछ ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस