माधव नेपालको पार्टीको नाममा एमाले राख्न नपाइने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र ४, शुक्रबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भदौ ४, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले राख्न नपाइन भएको छ ।

एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र शुक्रबार फेरि निवेदन दिने तयारी छ ।

त्यसको अघिल्लो दिन एमाले समाजवादी नेता डा. विजय पौडेल आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् । पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।

नेपाल समूहका नेताहरुका अनुसार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस