२४ करोडको पुलमा पिलर मात्र, सँगैकाे काठेफुल तर्दा जनताबाट कर असुली !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ७, बिहिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत ७, काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीमाथि ०७२ मा निर्माण सुरु भएको पुल अलपत्र छ।

२४ करोडमा सम्झौता भएको पुलमा पिलर मात्र छ। छेउमा बनाइएको काठेपुल दर्ता स्थानीयले शुल्क तिर्नुपर्छ।

देखतभुली-पर्सिया-शंकरपुर गाउँ जोड्ने एक सय ७० मिटर लामो पक्की पुल २५ पुस ०७५ मा निर्माण सम्पन्न भइसक्नु पर्ने थियो।

तर फुटपाथसहित दुई लेनको पुल बनाउने जिम्मा पाएको ठेकेदार कम्पनी लुम्बिनी राजेन्द्र श्रेष्ठ जेभीले म्याद गुज्रिसक्दा पनि पिलर मात्रै उभ्याएको छ।

प्राविधिक समस्या आएको भन्दै पुल निर्माण अबरुद्ध छ।

‘पुलको डिजाइनमै समस्या आयो, त्यसैले निर्माण रोकिएको छ,’ सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले भने।

ताजा अपडेट

खोजी गर्नुहोस