वैदेशिक लगानीः नेपाल १४५ औँ स्थानमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । हालसम्म नेपालमा विदेशी लगानी १ खर्ब ६९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलनको विश्व लगानी प्रतिवेदन–२०१८ मा गरिएको २१० देशको लगानी तुलनाम नेपाल १४५ औं स्थानमा देखिएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल नेपालमा रहेको लगानीमध्ये ३६ दशमलव १ प्रतिशत सञ्चित पुँजी, ३० दशमलव १० प्रतिशत चुक्ता पुँजी र ३ दशमलव ७ प्रतिशत ऋण छ।

नेपाल भित्रिएको लगानीमध्ये ७० प्रतिशत सेवा क्षेत्र र करिब ३० प्रतिशत उत्पादनमूलक क्षेत्रमा रहेको नेपाल राष्ट्र बैंकको विदेशी लगानीसम्बन्धी सर्वेक्षणले देखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस