जापानसँग श्रम समझदारी हुँदै, कामदार पठाउन छुट्टै संयन्त्र !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ चैत्र ११, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत ११, काठमाडौँ । नेपाल र जापानबीच सोमबार श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। आगामी अप्रिलबाट कार्यन्वयन हुने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुने तय भएको हो।

श्रम समझदारीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले हस्ताक्षर गर्ने छन्। जापानसँग ५ वर्षका लागि श्रम समझदारी हुन लागेको हो।

सोमबार श्रम समझदारी भए पनि श्रम समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने प्रस्ट हुने छैन।

कामदार आपूर्तिका धेरै विषय दुई देशको संयुक्त कार्यदलले टुंग्याउने गरी समझदारी हुने श्रम मन्त्रालय श्रोतले जानकारी दिएको छ।

जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने सहमति भइसकेको छ। तर वार्षिक कति कामदार पठाउने, जापानिज भाषाको पाठ्यक्रम कस्तो हुने र सीप परीक्षणको मापदण्ड कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन। यी सबै विषय संयुक्त प्राविधिक समितिले टुंगो लगाउने छ।

रोाजगारीका लागि जापान नेपाली श्रमिक पठाउनका लागि सरकारले वैदेशिक रोजगार विभाग अन्तरगत रहने गरी छुट्टै संयन्त्र निर्माण गर्ने भएको छ। यो संयन्त्र दक्षिण कोरिया कामदार पठाउने ईपीएस शाखा जस्तै हुने मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस