माघ २८, काठमाण्डौ । तोकिएको समयमा काम नभएपछि राष्ट्रिय गौरवका आयोजनाको लागत ३ खर्ब रुपैयाँले बढेको छ । शुरुको लागतमा काम भएको भए अन्य ठूला परियोजना नै सम्पन्न हुने रकम बराबर लागत वृद्धि भएको पाइएको छ ।
राष्ट्रिय योजना आयोगले गरेको अध्ययन अनुसार नेपालका २२ वटा राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न भएको भए २ खर्ब ८३ अर्ब रुपैयाँ बचत हुने थियो । तर, अनेक कारणले आयोजना पछाडी धकेलिएपछि त्यसको मूल्य राज्यले झण्डै ३ खर्ब घाटा बेहोर्नु परेको हो ।