सुनको भाउमा ईतिहासकै नयाँ रेकर्ड : १ लाख नजिक पुग्यो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण ११, आईतबार (४ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौं । सुनचाँदीको भाउले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । सुन तोलाको ९६ हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम छ । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस