पुरुषोत्तम सिलवालले जिते अन्तर्राष्ट्रिय चेसमा रजत पदक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ५८ पटक पढिएको
पुरुषोत्तम सिलवालले जिते अन्तर्राष्ट्रिय चेसमा रजत पदक

जेठ २९, काठमाडौं । ‘द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिप २०२५’ मा द्रुत गतिको ब्लिट्जमा नेपाली सिएम पुरुषोत्तम सिलवालले रजत पदक जितेका छन् ।

श्रीलङ्कामा सम्पन्न द्रुत गतिको ब्लिट्जमा आठौं वरियताका २१३० रेटेड पुरुषोत्तमले अन्तिम चरणमा प्रतियोगिताकै शीर्ष खेलाडी भारतका २३७९ उच्च रेटेड आइएम मायाङ्क चक्रवर्तीलाई पराजित गरेका थिए ।

पुरुषोत्तमले सात मध्ये छ खेलमा जित निकाले । उनले बङ्गलादेशका २१४२ रेटेड आइएम मनून रेजानिरसँगको खेल गुमाए । विश्व बुद्धिचाल महासङ्घ तथा एशियन चेस फेडरेसनको तत्वावधानमा श्रीलङ्का चेस फेडरेसनले जुन ४ देखि १२ तारिखसम्म आयोजना गरेको द वेस्टर्न एशियन जुनियर चेस च्याम्पियनसिप भएको हो ।

नेपाल बुद्धिचाल महासङ्घका अनुसार प्रतियोगितामा आयोजक राष्ट्र श्रीलङ्कासहित नेपाल, बङ्गलादेश, भारत, काजकिस्तान, माल्दिभ्स, रसिया, तुर्कमिनिस्तान र उज्वेकिस्तान गरी नौ वटा देशका ५९ जना खेलाडीको सहभागिता थियो ।

सीएम पुरुषोत्तम सिलवालले श्रीलंकामा जारी एशियन जुनियर र्यापिड च्याम्पियनसिप त्याग्दै स्वदेश फर्केका छन् । उनी आजदेखि काठमाडौंमा सुरु हुने नेशनल युथ च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस