तीन वायुको प्रभावले हल्कादेखि भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ६६ पटक पढिएको
तीन वायुको प्रभावले हल्कादेखि भारी वर्षाको सम्भावना

जेठ २९, काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायु र कोसी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस