एयर इण्डियाको जहाजले उड्नेबित्तिकै दिएको थियो आपत्तकालिन सुचना !

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बिहिबार (२२ घण्टा अघि)
  • ७० पटक पढिएको
एयर इण्डियाको जहाजले उड्नेबित्तिकै दिएको थियो आपत्तकालिन सुचना !

जेठ २९,काठमाडौँ । भारतको गुजरातमा बिहीबार दिउँसो जहाज दुर्घटना हुँदा स्थानीय मौसम एकदमै सफा थियो। त्यतिखेर हावाको गति मन्द थियो भने भिजिबिलिटी ६ किलोमिटरसम्म थियो।

यसका बाबजुद विमानस्थलको धावनमार्ग छाडेको ५ मिनेटमै बोइङ–७८७–८ ड्रिमलाइनर जहाज किन आकाशमा अडिइरहन सकेन र त्यो जमिनतिर हुर्रियो भन्नेमा धेरैको चासो छ।

बिबिसीका अनुसार यो जहाजले उड्नेबित्तिकै एयरट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर आपतकालीन सूचना (मे–डे कल) दिएको थियो। लगत्तै जहाजको सम्पर्क विच्छेद भयो। एयरट्राफिक कन्ट्रोलले सोध्दा पनि जबाफ फर्काएन।

बिबिसीले फ्लाइट राडारलाई उद्धृत गर्दै लेखेको छ, ‘जहाज धावनमार्ग छाडेर जमिनको सतहभन्दा ६२५ फिट माथि हुँदा सम्पर्क विच्छेद भएको थियो।’

त्यसपछि त्यो जहाज एकैपटक घरमा बजारियो। यो जहाजमा कुल २४२ जना थिए। तीमध्ये चालक दलका सदस्य १२ जना थिए। यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानडियन र ७ जना पोर्चुगिज नागरिक थिए।

अस्वाभाविक रूपमा भएको यो दुर्घटनाबारे बोइङ कम्पनीले आफ्नो भनाइ राखिसकेको छ ‘ुप्रारम्भिक रिपोर्टहरूबारे हामी जानकार छौं र थप सूचना संकलन गर्दैछौं,’ बोइङले भनेको छ।

बिबिसी संवाददाताका अनुसार बोइङ–७८७–८ ड्रिमलाइनर जहाज यस किसिमले दुर्घटना भएको पहिलो पटक हो। बोइङको यो मोडलको जहाज १४ वर्षअघि बजारमा सार्वजनिक भएको थियो। र, ६ साताअघि मात्र बोइङका ड्रिमलाइनर जहाजहरूले एक अर्ब यात्रु ओसारेको भन्दै उत्सव मनाएको थियो।

पछिल्लो समय दुर्घटनाहरू धेरै खेपेको बोइङका लागि यो दुर्घटना एकदमै ठूलो झट्का हो। यसअघि बोइङका म्याक्स मोडलका दुई जहाज दुर्घटना परेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस