जेठ २९, काठमाडौं । कैलाली प्रहरीले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । गोली चलाएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द र रिदम ढुंगानालाई पक्राउ गरिएको हो । दुवैजनालाई घुँडामुनि एक–एक राउन्ड गोली लागेको छ ।
पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि गोली चलाइएको कैलाली प्रहरी प्रवक्ता सिंहले बताए । घाइतेहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ ।