काठमाडौँका मेयर बालेन र उपमेयर सुनिताबीच संवाद, कार्यपालिका बैठक डाक्ने तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ८७ पटक पढिएको
काठमाडौँका मेयर बालेन र उपमेयर सुनिताबीच संवाद, कार्यपालिका बैठक डाक्ने तयारी

जेठ २९,काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।

‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’ महानगरका एक वडाध्यक्षले भने ।

कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । कार्यपालिका बैठकको सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत हुने स्थानीय सरकार सञ्चालन ऐनमा प्रावधान रहेको छ ।

काठमाडौं महानगरको कार्यपालिका बैठक बस्न नसकेको करिब ५ महिना नाघिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस