भूमिहीनलाई जग्गा वितरणका लागि निवेदन आह्वान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ६२ पटक पढिएको
भूमिहीनलाई जग्गा वितरणका लागि निवेदन आह्वान

जेठ २९, काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले पुनः निवेदन आह्वान गरेको छ ।

उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । यसअघि पहिलोपटक वैशाख ३१ गते सूचना प्रकाशित भएको थियो ।

तोकिएको ढाँचामा फाराम भरी आज (जेठ २९ गते)देखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस