अनेरास्ववियुको नयाँ नेतृत्व चुन्न आज मतदान

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ५१ पटक पढिएको
अनेरास्ववियुको नयाँ नेतृत्व चुन्न आज मतदान

जेठ २९, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थीहरुको संस्था अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । किर्तिपुरस्थित त्रिवीभुवन विश्वविद्यालयमा जारी अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनमा बिहान ८ बजेबाट मतदान हुन लागेको हो ।

मंगलबार साँझ उम्मेदवारी दर्ता भएको अनेरास्ववियुमा बुधबार बिहान ८ बजेबाट मतदान हुने तालिका थियो । यद्यपि मतदान सरेर आज बिहानबाट मात्रै हुने भएको हो ।

मतदानका लागि ४५ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । निर्वाचन कमिटीले यसअघि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ ।

नयाँ नेतृत्वका लागि देशभरबाट आएका १५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

अनेरास्ववियुको अध्यक्ष पदमा सुजन कडरिया र प्रकाश पौडेल प्यानल बनाएर मैदानमा छन् । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस