एकैदिन १२ सयले बढ्यो सुन, मूल्य हालसम्मकै उच्च बिन्दुमा ! तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस