माछापुच्छ्रे बैंकको २०/२० स्मार्ट योजना, अनलाइन भुुक्तानीमा २०% क्यासव्याक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २०, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २०, काठमाण्डौ । स्थापनाको २० बर्ष पूरा गरि २१ औँ वर्षमा प्रवेश गरेको अवसरमा माछापुच्छ्रे बैंकले ग्राहक लक्षित २०/२० (ट्वेन्टी/ट्वेन्टी) स्मार्ट योजना संचालनमा ल्याएको छ । चाडबाडको समयमा हुने किनमेललाई ध्यानमा राख्दै बैंकले बैंकका डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिंगका प्रयोगकर्ताहरुलाई लक्षित गरी क्यासव्याक अफर संचालनमा ल्याएको हो । उक्त अफर योजनाअन्तर्गत ग्राहकहरुले माछापुच्छ्रे बैंकको डेविट कार्ड तथा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्श साइटहरुमा भुक्तानी गर्दा साथै मोबाइल बैंकिङ्गबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा २० प्रतिशत वा बढिमा रु.२०० सम्मको क्यास व्याक अफर प्राप्त गर्न सक्नेछन् ।

बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा २० दिनसम्म संचालन हुने २० प्रतिशत क्यासव्याक अफरमा सहभागि भई क्यासव्याक प्राप्त गर्न ग्राहकहरुले क्यासब्याक अवधिभर कम्तीमा रु.२०० बरावरको २ वटा छुट्टाछुट्टै कारोबार गर्नुपर्नेछ । कोभिड १९को जोखिम बढि नै रहेको र चाडबाडको समय नजिकिँदै गइरहेको समयमा डिजिटल कारोबारलाई प्रोत्साहित गर्न बैंकले उक्त २०–२० स्मार्ट योजना संचालनमा ल्याएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस