ग्लोबल आइएमई लघुवित्तमा ‘स्पर्श लघुवित्त’ गाभिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

असोज २१,काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । यी दुई कम्पनीहरु बीच असोज २० गते प्राप्ति गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ग्लोबल आइएमई लघुवित्तमा गाभिन लागेको स्पर्श लघुवित्तको शेयर कारोबार पनि बुधवारबाटै रोक्का भएको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको मिति मंगलबार बसेको सञ्चालक समितिको ११८ औँ वैठकबाट स्पर्श लघुवित्त वित्तीय संस्था लि. वाट प्राप्ति (एक्विजिसन) गर्नका लागि प्रस्ताव वमोजिम उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्वास गरिएको छ ।

अब प्राप्ति प्रक्रिया सम्पन्न गरेपश्चात स्पर्श लघुवित्तका शेयरधनीहरुले ग्लोबल आइएमई लघुवित्तको नामबाट शेयर कारोबार गर्न पाउनेछन् ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिलाई लघुवित्त कम्पनीहरुले आत्मसाथ गर्दै अघि बढेका छन् ।

स्पर्श लघुवित्तको चुक्तापूँजी रू। ९ करोड ३७ लाख ४८ हजार रहेको छ भने ग्लोबल आइएमई लघुवित्तको रू। २५ करोड ९५ करोड ७५ लाख रहेको छ ।

यी दुई ओटा कम्पनी एक भएपश्चात चुक्तापूँजी रू। ३५ करोड ३३ लाख २३ हजार पुग्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस