असोज २२, काठमाण्डौ । असोज २१ गतेबाट आईपिओ बिक्री खुला गरेको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिन नै २।२५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा हिजो साँझ ५ बजेसम्म २ लाख ६५ हजार ६ सय १६ जना आवेदकले ६१ लाख ४४ हजार ९ सय ५० कित्ताको आवेदन परेको हो ।
कम्पनीले हिजो असोज २१ गतेदेखि असोज २५ गते सम्म प्रति शेयर १ सय अंकित दरले हुने ३० करोड बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो । निष्काशन गरिने मध्ये १ लाख २० हजार कित्ता कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने बाँकि रहेको २७ लाख ३० हजारको कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो । उक्त आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।