उद्योगी उज्ज्वल कसजुलाई राष्ट्रिय सेवा सम्मान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • ३३ पटक पढिएको
उद्योगी उज्ज्वल कसजुलाई राष्ट्रिय सेवा सम्मान

पुस २१,बुटवल । रुपन्देहीका उद्योगी व्यवसायी उज्ज्वलप्रसाद कसजूसहित विभिन्न क्षेत्रमा योगदान गरेका २५ जनालाई चन्द्रलोक प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानको चौथो वार्षिकोत्सवको अवसरमा शनिबार काठमाण्डौमा आयोजित सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, उद्योगपति कसजूसहित २५ जनालाई राष्ट्रिय सेवा सम्मान प्रदान गरिएको हो ।
सम्मानित सबैलाई प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदी र संस्थाका अध्यक्ष सिताराम कार्कीले सम्मान गरेका हुन् । त्यस अवसरमा प्रतिनिधि सभा सदस्य, कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल राई, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी सहित समाजको विकासमा विशिष्ट योगदान पुर्याएका २५ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले समाज निराशाबाट अगाडि बढिरहेकोमा बेला गरिएको यो सम्मानले नयाँ उर्जा थपिएको बताइन उनले जीवनको अन्तिम क्षणसम्म समाजसेवामै विताउने प्रतिवद्धता पनि व्यक्त गरिन् । सम्मानपछि उद्योगी कसजुले आफुलाई सम्मान गर्न योग्य सम्झिएकोमा संस्थालाई धन्यवाद दिए । उनले समाजमा सकारात्मक सन्देश छर्दै उद्योग ब्यवसायमा निरन्तर सक्रिय रहने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष कार्कीले मुलुक र समाज विकासका क्रममा पुर्याएको योगदानको कदर गर्दै प्रतिनिधि पात्रका रुपमा २५ जना उद्योगी व्यवसायीसहित कलाकार समाजसेवीलाई सम्मान गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस