ग्लोबल आईएमई बैंकको नयाँ शाखा मलङ्गवा र धुलिखेलमा सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २४, मंगलबार (१ साल अघि)
  • २७ पटक पढिएको
ग्लोबल आईएमई बैंकको नयाँ शाखा मलङ्गवा र धुलिखेलमा सञ्चालनमा

पुस २४,काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले दुई वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगङ्वा नगरपालिका–८ मलङ्गवा र काभ्रेको धुलिखेल नगरपालिका–३ धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । यी दुई नयाँ शाखाबाट आजदेखि नै बैंकिङ सेवा उपलब्ध भएको बैंकले जनाएको छ ।

ग्लोबल आईएमई देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका देशबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस