बेनी सेक्युरिटिज प्रालि कम्पनी सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २५, बुधबार (१ साल अघि)
  • २५ पटक पढिएको
बेनी सेक्युरिटिज प्रालि कम्पनी सञ्चालनमा

पौष २५, काठमाण्डौँ । दोस्रो बजारमा अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ ।
बेनी सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ९३ ले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरे संगै कम्पनी सञ्चालनमा आएको छ ।

बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापुंजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याए संगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।

ताजा अपडेट

खोजी गर्नुहोस