सुन तोलामा १२ सय रुपैयाँ घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ३, बुधबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

माघ ३, काठमाडौँ । बुधबार एकै दिन सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ तोकेको छ ।

यसअघि मंगलबार प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँ तोकिएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस