इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ७, आईतबार (१ साल अघि)
  • ६२ पटक पढिएको
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

माघ ७,काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले उनी र उनको परिवारलाई नै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो । उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठ पनि यस मुद्दामा दोषी ठहर भएका छन् ।

इजलाशले सजाय निर्धारणका लागि छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ । तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुनस् अर्का पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने व्यवस्था छ । यस संगै उनी माथि ३ वर्ष बढीको कैद सजाय हुने भएको छ।

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस