एनसेलको सेयर बिक्री प्रकरण: छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १५, सोमबार (१ साल अघि)
  • २९ पटक पढिएको
एनसेलको सेयर बिक्री प्रकरण: छानबिन समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

माघ १५,काठमाडौँ । एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले सोमबार प्रधानमन्त्री ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो ।

समिति संयोजक टङ्कमणि शर्माले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सरकारलाई जानकारी नदिएर मलेसियन कम्पनी आजियाटाले एनसेलको सेयर बेलायती कम्पनी स्पेक्ट्रलाईटलाई बेचेको थियो ।

सो खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो । मङ्सिर २१ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस