भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल १ सय ८ औँ स्थानमा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १६, मंगलबार (१ साल अघि)
  • २४ पटक पढिएको
भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपाल १ सय ८ औँ स्थानमा

माघ १६,काठमाडौँ । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो ।

सन् २०२२ मा नेपाल ३४ अङ्कसहित १ सय १० औँ स्थानमा थियो । १ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ । यस वर्षको विश्वव्यापी औसत अङ्क ४३ रहेकोमा नेपालले ३५ नम्बर पाएको छ ।

विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अङ्क पाएका छन् । अर्थात् दुई तिहाइभन्दा धेरै देशमा भ्रष्टाचार धेरै रहेको छ । ट्रान्सपरेन्सीले पछिल्लो १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण हुने कार्यमा प्रगति हुन नसकेको जनाएको छ ।

सन् २०२३ मा डेनमार्कले ९० अङ्क प्राप्त गरेर सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ भने ११ अङ्कसहित सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस