हिमालयन लाईफ ईन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ १७, बुधबार (१ साल अघि)
  • ३४ पटक पढिएको
हिमालयन लाईफ ईन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि

माघ १७,काठमाडौँ । हिमालयन लाईफ ईन्स्योरेन्सको सञ्चालक निर्विरोध चयन हुने भएका छन् । कम्पनीले ६ जना सञ्चालकको लागि उम्मेदवारी दर्ता गर्न दिएको समयमा ६ जनाको मात्र आवेदन परेसँगे उनीहरु निर्विरोध चयन हुने भएका छन् ।

कम्पनीले संस्थागत शेयर धनीहरुको तर्फबाट ३ र सर्वसाधारण शेयर धनीहरुको तर्फबाट ३ गरी ६ जनाको लागि आवेदन माग गरेको थियो । जहाँ संस्थापकको तर्फबाट शुलभ अग्रवाल, विवेक दुगड र सौरभ दुगडको उम्मेदवारी परेको छ । उनीहरु अहिलेपनि सञ्चालकमा नै छन् । अग्रवाल कम्पनीको अध्यक्षको जिम्मेवारीमा छन् ।

त्यसैगरी, सर्वसाधारणको तर्फबाट राजिव प्रसाद प्याकुरेल, सचिन आचार्य र प्रमिला केसीले उम्मेदवारी दिएका छन् । जसमध्ये प्याकुरेल र केसी हाल पनि कम्पनीको सञ्चालक नै छन् ।

कम्पनीको वार्षिक साधारण सभा भोलि बिहिबार हुँदैछ । उक्त सभाबाट उनीहरु सञ्चालकमा चयन हुनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस