आईटी क्षेत्रप्रति ढकालको चासो

‘अब हरेक कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्छ’ : अध्यक्ष ढकाल

आईटी क्षेत्रमा सरकारको चासो कम
  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ६६ पटक पढिएको
‘अब हरेक कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्छ’ : अध्यक्ष ढकाल

बैशाख २०, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कारोबारहरूलाई अनलाइन माध्यमबाट गर्नुपर्नेमा जोड दिए ।

उनले अनलाइनबाट कारोबार गरे त्यो पारदर्शी हुने र सहज हिसाबले काम गर्ने वातावरण बन्ने उल्लेख गर्दै यो ठूलो लगानी बिनै विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको आईटी क्षेत्रलाई सरकारले थप प्राथमिकता दिनुपर्ने बताए ।

यस्तै, उनले आईटी क्षेत्रलाई लगानी सम्मेलनमा प्राथमिकताका साथ सरकारले लिएका प्रति खुसी व्यक्त गर्दै त्यो महत्वपूर्ण भएको समेत बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस