शेयर बजार

शेयर बजारमा देखियो उछाल : नेप्से सूचक २९ सय नाघ्दा इतिहासकै सर्वाधिक कारोबार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ श्रावण २८, सोमबार (९ महिना अघि)
  • ९४ पटक पढिएको
शेयर बजारमा देखियो उछाल : नेप्से सूचक २९ सय नाघ्दा इतिहासकै सर्वाधिक कारोबार

साउन २८, काठमाडौँ । निकै लामो समयपछि सेयर बजार परिसूचक नेप्से २९ सय अंक नाघेको छ । सोमबार नेप्से परिसूचांक ७०.८१ अंकले वृद्धि हुँदै नेप्से २९ सय ८१ विन्दूमा पुगेको हो । यो गत ३० महिना यताकै हालसम्मको सर्वाधिक अंक हो ।

यस्तै आज इतिहासमै सर्वाधिक कारोबार भएको छ । आज एकैदिन २७ अर्ब २४ करोड २० लाखभन्दा धेरैको कारोबार भएको छ । कुल १७१ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने ३ को स्थिर रह्यो ।

अधिकांश क्षेत्रका सूचक बढेका छन् । बैंकिङ २.९५, विकास बैंक ३.००, फाइनान्स ४.८१, होटल तथा पर्यटन २.९४, हाइड्रोपावर ३.४३, जीवन बीमा ५.८५, माइक्रोफाइनान्स १.०८, निर्जीवन बीमा २.९७, अन्य १.०० तथा ब्यापार समूह ४।१३ प्रतिशत बढेका छन् । मलगानी ०.१९ र उत्पादन समूहको सूचक भने १.१९ प्रतिशत घटे ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस