बाइकर्स क्याफेको ‘४०० रश’, विभिन्न उपहार र खानाको व्यवस्था

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ७८ पटक पढिएको
बाइकर्स क्याफेको ‘४०० रश’, विभिन्न उपहार र खानाको व्यवस्था

फागुन २, काठमाण्डौँ ।  ४०० सीसी बाइक चालकलाई ध्यानमा राखेर बाइकर्स क्याफेले नगरकोटसम्मको एकदिने ‘४०० रश’ को आयोजना गर्दैछ ।

‘४०० रश’ भोली शनिबार ७ः०० बजे नक्सालस्थित बाइकर्स क्याफेबाट सुरु हुँदैछ । त्यस यात्रामा ट्रायम्फ, एनएस, डोमिनार, केटिएम जस्ता बाइक चालकहरू मात्र सहभागी हुन सक्नेछन् ।

उक्त यात्रामा बाइक चालकहरूका लागि रोमाञ्चक खेलहरू, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न गिफ्टहरू र तीन पटक खानाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सबैभन्दा रोमाञ्चक कुरा ‘४०० रश’’ मा सहभागी हुनेहरूले स्पीड फेस्ट २०२५ मा सामेल हुने विशेष अवसर पनि पाउने छन् । यो नेपालकै सबैभन्दा ठूलो बाइक महोत्सव हो, जहाँ सुपरबाइकहरूलगायत रकहेड्स र द एलमेन्ट्सको लाइभ म्युिजक, टेस्ट राइडहरू, स्टलहरू, रमाइला खेलहरू जस्ता धेरै आकर्षक कार्यक्रमहरू हुने आयोकले बताएका छन् ।

बाइकर्स क्याफे काठमाडौँका बाईकिङ समुदायका लागि पर्यायवाची नाम हो । यस क्याफेले थुप्रै बाइक राइड र भेलाहरुको सफलतापूर्वक आयोजना गरिसकेको छ । “४०० रश’’ लाई पनि विशेष बनाउन प्रतिवद्ध रहेको क्याफेले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस