फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ८९ पटक पढिएको
फुडमाण्डु वानमार्ट अब ललितपुरमा पनि

फागुन २, काठमाण्डौँ ।  नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुको ग्रोसरी डेलिभरी सेवा फुडमाण्डु वानमार्टले अब ललितपुरमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

अब उक्त क्षेत्रका ग्राहकहरूको दैनिक आवश्यक सामानहरूको किनमेल अझ सहज हुने भएको छ ।

सुरुवातमा वानमार्टको सेवा गैरिधाराको ३ किलोमिटर क्षेत्रभित्र सीमित रहेको थियो ।

अब ललितपुर क्षेत्रमा यो सेवा फैलिएको छ जसमा जावलाखेल, लगनखेल, सातदोबाटो, इमाडोल, सानेपा, धोबीघाट, भैंसेपाटी, नक्खु र बालकुमारी क्षेत्र समावेश रहेका छन् ।

यी क्षेत्रका ग्राहकहरूले अब ७०० भन्दा बढी गुणस्तरीय सामानहरू सजिलै अर्डर गरी तुरुन्त र भरपर्दो डेलिभरी प्राप्त गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस