गुरु ट्राभल्स लिमिटेड तथा रेम डट वर्कबीच व्यावसायिक सहकार्य सहमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ फागुन २, शुक्रबार (२ महिना अघि)
  • ६४ पटक पढिएको
गुरु ट्राभल्स लिमिटेड तथा रेम डट वर्कबीच व्यावसायिक सहकार्य सहमति

फागुन २, काठमाण्डौँ । गुरू ट्राभल्स लिमिटेड र रेम डट वर्कबीच व्यावसायीक समझदारी भएको छ ।

रेम डट वर्कका प्रतिनिधि हेड अफ डिपार्टमेन्ट दिव्या खतिवडा तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालक अधिकृत अनिल धरेलद्वारा हस्ताक्षर गरेकाे सम्झौतापत्र मंगलबार सार्वजनिक गरियो ।

सहमतिपत्र अनुसार रेम डट वर्कका कर्मचारी तथा ग्राहकहरूले गुरु ट्राभल्स लिमिटेडमार्फत विभिन्न ट्राभल प्याकेजहरूमा विशेष छुट तथा अन्य आकर्षक सुविधाहरू प्राप्त गर्नेछन् ।

त्यस्तै, गुरु ट्राभल्स लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले रेम डट वर्कमार्फत प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष अफर तथा सुविधाहरू प्राप्त गर्नेछन् ।

कार्यक्रममा रेम डट वर्ककी दिव्य खड्काले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गुरु ट्राभल्स लिमिटेडसँगको सहकार्यले ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस