बैशाख ११,काठमाडौँ । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि सामान्य बढेको छ।
बुधबार सात अर्ब ५७ करोडको कारोबार भएकोमा बिहीबार सात अर्ब ८७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ३० करोड रूपैयाँ वृद्धि भएको हो। आज ३०८ वटा धितोपत्रको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ वटाको घटेको छ। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ।