जेठ २७, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त तीन पदमा न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशको सिफारिस गरेको हो ।
परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सिफारिस गरेको छ ।
परिषद्ले उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ । संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् ।
सर्वोच्चमा न्यायाधीशका चार पद रिक्त रहेकोमा एक पद अझै खाली छ ।