अब शनिबार र सार्बजनिक बिदा बाहेक सबै दिन संसद चल्ने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख ११, बिहिबार (२ हप्ता अघि)
  • ६९ पटक पढिएको
अब शनिबार र सार्बजनिक बिदा बाहेक सबै दिन संसद चल्ने

काठमाडौं । अब देखि शनिबार र सार्बजनिक बिदा बाहेक पनि संसद बैठक सञ्चालन हुने भएका छन् । बजेटको चटारोमा परेपछि शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको हो ।

प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन हुने संसद सचवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले बुधबार दलका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा राखेको प्रस्ताव पनि अनुमोदन भएसंगै संसदमा दु्रत गतिमा छलफल हुने भएको हो । सरकारले वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउने तयारी समेत गरेको छ । सोही मितिमै ल्याउने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा समेत तयार भइसकेको छ ।

आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ । उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुने संसद सचिवालयका प्रबक्ता एकराम गिरिले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस