नयाँ बर्षको अवसरमा चीन सांस्कृतिक कार्यक्रम सम्पन्न ! मन्त्री अधिकारीले भने-‘चीनको कला राम्रो ‘

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १५, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १५,काठमाडौँ । नेपाल-चीन सांस्कृतिक आदानप्रदान कार्यक्रम राजधानीमा सकिएको छ । नयाँ बर्ष २०१९ को अवसरमा चीनका विभिन्न क्षेत्रमा चर्चित रुपमा रहेका गितसंगित मार्फत चीनिया कलाकारले चीनको सांस्कृतिक झल्को दिइएको थिए । चीनको चिनियाँ सांस्कृतिक केन्द्र नेपालद्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, चिनियाँ राजदुत यु होङ, पुर्वमन्त्री आनन्द पोख्रेल लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

चीनको सांस्कृतिक प्रस्तुती हेरेपछि प्रतिक्रिया दिँदै मन्त्री अधिकारीले अनलाईन केन्द्रलाई भने- ‘चीनको कला राम्रो ! उनिहरुको प्रस्तुतीले मन छोयो, गित-संगित र भेषभुषा नै राज्यको सम्पती हो, यसलाई सबै मुलुकले एक अर्काको देशमा चिनाउन जरुरी छ ।’ नेपाललाई चीनमा चिनाउन सरकारले के गरिरहेको छ ? भन्ने अनलाईन केन्दको प्रश्नमा मन्त्री अधिकारीले भने – ‘हामी भिजिट-२०२० को तयारीमा छौँ, यसका लागि चीनमा पनि प्रचारलाई बढाईरहेका छौँ । हाम्रो उदेश्य चीनबाट प्रसस्त मात्रामा पर्यटक भित्र्याउनु नै हो । यसमा हामीले कुनै कसर बाँकी राख्दैनौ । ‘

कार्यक्रममा पुर्वमन्त्री पोख्रेलले चीनको सांस्कृतिक प्रस्तुतीले मन छोएको बताए । उनले चिनको कलासंस्कृतिबाट नेपालले धेरै सिक्न सक्ने बताए । चिनियाँ राजदुत होङले आफ्नो देशको कला संस्कृति नेपालमा देखाउन पाउदा खुसी लागेको बताईन ।

ताजा अपडेट

खोजी गर्नुहोस