विपीसहितका नेताको सम्झनामा मेलमिलाप दिवस मनाईँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाडौं । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको ४२ वर्ष पूरा भएको छ ।

आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर स्वदेश फर्किएका थिए ।

२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती व्यवस्था लागु गरेपछि कोइरालासहितका नेतालाई ७ वर्षका लागि जेल चलान गरिएको थियो ।

त्यसपछि २०२५ सालमा विपीसहितका कांग्रेस नेता भारत प्रवास गए । तर भारतमा अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको निष्कर्ष निकाल्दै गर्दै विपीसहितका नेता नेपालमा राजासँगै हातेमालो गर्न सकिने भन्दै स्वदेश फर्किएका थिए।

उनीहरुलाई तत्कालीन सरकारले त्रिभुवन विमानस्थलबाटै पक्रेर सुन्दरीजल बन्दीगृह लगेको थियो । त्यहि दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो। सोमबार ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाईँदैछ ।

दलहरुबिच राजनीतिक गतिरोध बढ्दै जाँदा देशभित्रका समस्या समाधानका लागि देशभित्रबाटै समाधान गर्नुपर्ने र सबैले आफ्ना अडानबाट लचिलो हुनुपर्ने सन्देशसहितको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको दलका नेताहरुले बताउने गरेका छन् ।

नेपाली कांग्रेसले दिवसको अवसरमा सोमबार विशेष कार्यक्रम गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस