राजपाले तेश्रो पटक पनि संसद बैठक चल्न दिएन्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ४, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र ४,काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् ।

सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद अनिलकुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।

पटक पटक सभामुखले आशन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस