कांग्रेसले गठन गर्‍यो निर्वाचन समिति, संयोजकमा राधेश्‍याम अधिकारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ५, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत ५, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न महाधिवेशनलाई केन्द्रित गरेर निर्वाचन समिति गठन गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन समिति बनाएको हो।

राष्ट्रियसभाका सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।समितिका सदस्यहरूमा खम्बबहादुर खाती, एकराज पोखरेल, गोपालकृष्ण घिमिरे र सीताराम केसी रहेका छन्।

त्यसैगरी, पार्टी महासमिति बैठकले तयार पारेको विधानलाई पारित गर्न नेता रमेश लेखक नेतृत्वको नियमावली निर्माण समिति पनि गठन गरिएको छ। प्रवक्ता शर्माले पार्टी महासमिति बैठकले तयार पारेको विधान अनुमोदनका लागि नेता लेखक संयोजक तथा ईश्वरी न्यौपाने, मीन विश्वकर्मा, प्रदीप पौडेल र जीवन परियार सदस्य रहे नियमावली निर्माण समिति पनि बनाइएको बताए।

कांग्रेसले नेता भीष्मराज आङदम्बे संयोजक रहेको केन्द्रीय अनुशासन समितिमा पनि उमाकान्त चौधरी र धनराज गुरुङ थप गरी पूर्णता दिएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्य समिति बैठकले आङदम्बे संयोजक तथा देवेन्द्रराज कँडेल र किशोरसिंह राठौंर सदस्य रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो। त्यसमा चौधरी र गुरुङलाई थप गरी सो समितिलाई पूर्णता दिइएको पनि पार्टीका प्रवक्ता शर्माले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस