‘गणतन्त्र र संघियताबाट मूलूक पछाडी फर्कनै सक्दैन’: डा.शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत्र ८,काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र र संघियताबाट मूलूक अब कूनैपनी हालतमा पछाडी फर्कन नसक्ने बताएका छन।

डा. कोइरालाले शहिदहरूको रगतसॅग साटिएको गणतन्त्र र संघियतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको कॉधमा आएको बताए। राजनिती र धर्मलाई एकै ठाउॅमा राखेर हेर्न नहुने बताउदै डा. कोइरालाले छिटो भन्दा छिटो ऐन बनाएर धर्मको मूद्दा टुंग्याउॅनुपर्ने बताए ।

जिपी फाउण्डेशन काठमाडौले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा. कोइरालाले संबैधानिक राष्ट्रपतीको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए। कोइरालाले भने -‘हाम्रो संबिधानले राष्ट्रपतीलाई सेरेमोनियल भनेको छ। तर अहिले राष्ट्रपतीलाई जसरी सक्रिय बनाउॅन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन।’

कार्यक्रममा कांग्रेस केन्द्रिय सुजाता कोइरालाले मूलूक र प्रजातन्त्रका निम्ती कांग्रेस एक ढिक्का हूनूपर्ने बताईन । केन्द्रिय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संबिधानसॅग बाझिने कूरा गर्दै नहिड्न चेतावनी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस