सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्नेलाई कडा कारवाही गर्नुपर्छ: अध्यक्ष पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

चैत ८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सामाजिक सञ्जालमा अपराधिक गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल संचालन विधि वनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधीक कर्ममा लागेको जो कोही व्याक्ती अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसंग हामी जोडदार माग गर्दछौं ।’

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटर लेख्दै विभिन्न अपराधित गिरोहले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो इडिट गरी गलत सन्देश प्रवाह गरेको भन्दै कडा आपत्ती जनाएका हुन् ।

उनले भनेका छन्, ‘विभिन्न अपराधीक गिरोह र हामी नेपाली नामक फेसबुक पेजले सम्माननीय रास्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको फोटोहरु इडिट गरेर गलत सन्देश प्रवाह गर्ने गरि स्टाटस र फोटोहरु सार्वजानिक गरिरहेको हुँदा तत्काल उक्त गलत कार्य गर्ने व्यक्ती र समुहलाई हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई बिनम्र अनुरोध गर्दछौँ । सामाजिक सञ्जाल संचालन विधि वनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधीक कर्ममा लागेको जो कोही व्याक्ती अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसंग हामी जोडदार माग गर्दछौं ।’

 

यो पनि पढ्नुहोस् :

आतंककारी गतिविधि नगर्न विप्लवलाई अध्यक्ष पौडेलको आग्रह, कडा प्रतिकारमा उत्रने चेतावनी

ताजा अपडेट

खोजी गर्नुहोस