समाजवादी पार्टीको सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतम

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र २९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भदौ २९ , काठमाडौं । समाजवादी पार्टी नेपालको संगठन समायोजन अन्तरगत केन्द्रीय सल्लाहकार समितिले पूर्णता पाएको छ।

आइतबार काठमाडौंमा आयोजित समायोजन कार्यक्रममा पार्टीले भीमप्रसाद गौतमलाई सल्लाहकार समितिको प्रमुख चयन गरेको हो। यसैगरी, ९६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

समितिको पहिलो बैठकले सुमनकुमार चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ ।

बैठकले सबै सदस्यहरूको कार्यविभाजन समेत गरेको छ।

बैठकले प्रदेश सल्लाहकार समिति बनाउने र प्रदेशभित्र रहेका समितिका सदस्यहरूलाई आ-आफ्नो प्रदेशमा समिति गठन गर्न क्रियाशील रहन निर्देशनसमेत दिएको छ।

समायोजन कार्यक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई, उपाध्यक्ष नवराज सुवेदी,महासचिव गंगानारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

गत वैशाख २३ गते तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भइ समाजवादी पार्टी नेपालको गठन भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस