नेता पराजुलीले भने : योगेशले भष्टचारीका विरोध गर्दैगर्दा ज्ञानेन्द्र शाही कुन विदेशी दुतावासको हण्डी खादै थिए ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र २९, आईतबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भदौ २९ , काठमाडौं । नागरिक उड्ययन तथा पर्यटनमन्त्री योगेश भट्टराईलाई विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा अहिले आक्रोश पोखिएको छ । विभिन्न दलका नेता तथा कार्यकर्ता एवम् अन्य व्यक्तीहरुले पनि सञ्जालमा विभिन्न आक्रोश पोखिरहेका छन् । यसैबिच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुदेश पराजुलीले पनि मन्त्री भट्टराइमाथि अभद्र व्यवहार गर्नेमाथि आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘योगेश भट्टराईले भारतीय योगेश भट्टराईले भारतीय बिस्तारवादका बिरोधमा कालापानी मार्च अभियान संचालन गर्दैगर्दा, गणतन्त्रको झन्डा बोक्दै गर्दा भष्टचारीका विरोधमा आन्दोलनको अगुवाई गर्दैगर्दा यी ज्ञानेन्द्र शाही भन्ने मनुवा कुन पर्खालमा ओत लागेका थिए वा कुन विदेशी राजदुतवासको हण्डीखादै थिए ?’

मन्त्री भट्टराईप्रतिको दुरव्यवहार निन्दनीय भएको भन्दै उनले मानवीय क्रियाकलाप गर्ने अराजक तत्वलाई समयमा नै ठिक लागउनु शोभनीय हुने तर्क गरेका छन् । उनले लेखेका छन्, ‘नाम पनि ज्ञानेन्द्र शाही नै रहेछ साच्चै प्रतिगामी तत्वको बाछिटा नै भए कसरी ठिक र समाप्त पर्नु पर्छ नेपाली जनता तमाम युवा विद्यार्थीहरुले थाहा छ । तिम्रो हिजोको उदण्ड व्यवहारको जवाफ गुलाफको फुलले अवश्य हुने छैन , अवश्य पनि समय आउछ सामना गर्न तयार रहनु ।’

ताजा अपडेट

खोजी गर्नुहोस