कार्तिक १७,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय अपराधिक गतिविधिलाई संरक्षण गर्दै पिडितलाई घाउमा नुन लगाउने कार्य दिन प्रतिदिन गर्दै अघि बढ्न थालेको छ ।
प्रतिपक्षी दल कांग्रेस एक पछि अर्को गर्दै गर्ने गरेको गतिविधिले प्रष्ट हुन्छ कि जो राजनीतिक रुपमा एजेण्डा विहिन भएपछि भिरबाट लडेको मान्छे झैं भएको छ । जुन भिरबाट लडेको मान्छेले जे भेट्यो त्यही समाते जस्तै कांग्रेस तथा उसको भातृ संगठन दरुण दलले समाजमा जे भेट्यो त्यही समात्न थालेको छ ।
देशलाई हाँक्दै समृद्ध र सुखी बनाउने जिम्मेवारी रहेको युवा पंतिले नै अपराधिक गतिविधिमा लाग्नु देशको लागि ठूलो दुर्भाग्य नै हो । यतीमात्र होइन, सरकारले विगतमा भएका अपराधिक घटनालाई एक पछि अर्को गर्दै कानुनी दायरामा ल्याएसँगै कांग्रेस र उसका भातृ संगठनका कर्तुतहरु भण्डाफोर हुन थालेका छन् ।
कांग्रेसका दिन दिनै कर्तुतहरु भण्डाफोर हुँदै गएपछि कांग्रेसमा एक प्रकारको भुकम्पनै गएको व्यहारबाट देखिएको छ । आफ्ना अपराधिक कर्तुतलाई जोगाउन पछिल्लो समय सरकारलाई नै भ्रष्ट, अधिनयावादी, जनता विरोधी लगायतका आरोपहरु सडक तथा सदनमा आन्दोलन नै गरेर लगाउन समेत भ्याएको छ । यसको ज्वलन्त उदाहरणको रुपमा नेपालगञ्जमा प्रहरीले तरुण दलका नगर अध्यक्षलाई हतियार सहित पक्राउ गरेको विरुद्धमा निकालिएको विज्ञप्ती रहेको छ ।
बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टमा प्रहरी टोली पस्यो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाही नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा रहेका सन्दीपजंग शाहसहित छ जनालाई पक्रियो । उनी सहित पक्राउ पर्नेमा दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका छन् ।
प्रहरीले उनीहरूलाई समातेर चेकजाँच गर्ने क्रममा शाहको कारमा लुकाएको अवैधानिक पेस्तोल फेला पर्यो । रिसोर्टमा पार्किङ गरिएको बा १८ च ४२११ को कारमा चालकको बायाँतर्फको सिटमूनि लुकाइराखेको पेस्तोल दुई राउन्ड गोलीसहित फेला परेको प्रहरीले जनाएको छ ।
प्रकरीले पक्राउ गरी कानुनी राज्यको आभास गराएको जनतामाझ स्पष्ट हुँदै हुँदै पुनः तरुण दल तथा निकटका नेता तथा कार्यकर्ताले कानुनी राज्यकोे अपहेलना गर्दै प्रहरीलाई नै विभिन्न आरोप लगाउन समेत भ्याएका छन् । यति सम्म अरोप लगाउन सके की पेस्तोल प्रहरीकै भएको र नीज अध्यक्ष शाहलाई फसाउन खोजियो भनि ! यसबाट जनताले के प्रष्ट हुन्छ भने राजनीतिक आडमा कांग्रेसभित्र ठूलै अपराधिक तथा अवैध कारोवारको जालो रहेको छ ।
यो त केवल अहिलेको उदाहरण मात्र हो । विभिन्न समयमा भएका हत्या, भ्रष्टाचार, अनियमिता लगायतका घटनाहरु धेरै रहेका छन्, जसको संसक्षण कांग्रेसले नै गरेको देखिएको छ । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलम इट्टाभट्टामा मजदुरलाई जलाई मार्ने अपराधि, ठूलाठूला घोटला काण्ड, भ्रष्टाचार काण्ड, भ्रष्टाचारीलाई दुईसय केजीको माला लगाई स्वागत तथा संरक्षण गर्ने कार्यलगायतका काण्डै काण्डमा मुछिएको पार्टी नेपाली कांग्रेस तथा उसका भातृ संगठनले त्यसको समर्थमा गरेको आन्दोलन नै प्रष्ट उदाहरण हो ।