नेपाल–चीन सीमा व्यवस्थापन सम्झौता संसद्मा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ ९, बिहिबार (५ साल अघि)
  • ४० पटक पढिएको
Post Thumbnail

माघ ९, काठमाण्डौ । नेपाल र चीनबीच भएको सीमा व्यवस्थापन प्रणाली सम्झौतासम्बन्धी सन्धि संसद्मा दर्ता भएको छ । सन्धि ऐन २०४७ को प्रावधान अनुसार सदनको जानकारीका लागि सन्धि प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको हो । चालू अधिवेशनमा नै सन्धि सदनमा पेस हुनेछ । सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन्धि दर्ता गरेको हो ।

सन्धि ऐन २०४७ अनुसार सरकारले स्वीकार गरेको सन्धिहरूको सूचना संसद् अधिवेशन बसेको एक महिनाभित्र जानकारीका लागि पेस गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार सम्झौता सदनमा पेसका लागि दर्ता गरिएको हो । माघ ३ गते सन्धि प्रतिनिधिसभा सचिवालयमा दर्ता गरिएको हो ।
सम्झौता अनुसार आन्तरिक कार्यविधि पूरा भएको सूचना कूटनीतिक रूपमा आदानप्रदानपछि लागू हुने व्यवस्था छ । सूचना आदानप्रदान भएको अर्को महिनाबाट सम्झौता लागू हुने सम्झौताको दफा ४२ मा उल्लेख छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको अवसरमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

उक्त सम्झौतमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका तर्फबाट स्टेट काउन्सिलर वाङ यीले हस्ताक्षर गरेको छ । सम्झौताले सीमा व्यवस्थापन प्रणालीमा अद्यावधिक भई थप प्रभावकारी हुने सरकारको विश्वास छ ।

ताजा अपडेट

खोजी गर्नुहोस