अग्नी सापकोटाविरूद्ध मुद्धा हालेका राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले राजीनामा किन दिए ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ ११, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १०,काठमाडौँ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेस गरेको प्याकुरेलले जानकारी दिएका छन् । प्याकुरेलले विज्ञप्ति निकालेरै राजीनामा दिएको विषय सार्वजनिक गरेका हुन् ।

प्याकुरेलले नेपाल कम्युनिस्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । सापकोटालाई सभामुखमा निर्वाचन गर्न नेकपा र विपक्षी नेपाली कांग्रेससमेत तयार भएका बेला प्याकुरेलले मानवअधिकार र सामाजिक न्यायका पक्षमा अझ दृढ भएर लाग्नका लागि पदबाट राजीनामा गरेको बताएका छन् ।

मानव अधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धि सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस