रामचन्द्र पौडेलको प्रश्न: पार्टीलाई पद्धतिमा चलाउने कि ‘लाटलुट हाटहुट’मा कब्जा गर्ने ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ माघ १४, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा आफू निहुँ खोज्ने मान्छे मात्र नभएको बताएका छन् ।

मंगलबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा उनले विगतमा आफू मध्यमार्गी नेताको रुपमा कहलाएको भन्दै अहिले पनि निहुँमात्र नखोजेको बताए । पार्टीलाई विधिमा चलाउने लडाईं नै हो । यो लडाईमा म विगतमा मध्यमार्गीको रुपमा कहलाएकै हुँ’ उनले भने ‘म निहुँ खोज्नेमात्र व्यक्ति त होइन नि !’

अहिले पार्टीलाई पद्धतिमा अगाडि बढाउने कि लाटलुट हाटहुटमा कब्जा गर्ने भन्ने विषयमा लडाई भइरहेको पौडेलले टिप्पणी गरे ।

कांग्रेसलाई विकृतिमुक्त बनाउन र विधि र पद्धतिमा चलाउनलाई आफूले निरन्तर जोड दिएको उनको भनाइ छ ।

कम्युनिस्ट पार्टी नेतृत्वको सरकारको कार्यशैलीका विरुद्धमा कांग्रेस एक भएर लड्नुपर्ने बेलामा आन्तरिक कलहमा फस्न नहुने पौडेलले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस