स्ववियु निर्वाचनको प्रस्तावित कार्यतालिका सार्वजनिक

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ माघ १५, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १५, काठमाडौ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । निर्वाचनको मिति टुंग्याउन अहिले किर्तिपुरस्थित विश्वविद्यालयमा अहिले विद्यार्थी संघ संगठनहरुसँग बैठक भइरहेको छ ।

विश्वविद्यालयले विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले निर्वाचन फागुन १४ गते गर्ने र त्यसका लागि फागुन ४ गेसम्म मतदाता नामावली टु‌ग्याएर प्रकाशन गर्नु पर्ने कार्यतालिका मंगलबार सार्वजनिक गरेको छ ।

यसअघि पुस २८ गते उपकुलपति धर्मकान्त बाँस्कोटा र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गंगाबहादुर थापाले क्याम्पस प्रमुखहरूलाई डाकेर फागुन १४ गते निर्वाचन गर्नेगरी तयारी थाल्न भनेका हुन् । त्यो बैठकमा क्याम्पस प्रमुखहरू निर्वाचन गराउन सकारात्मक भएका थिए । उनीहरुले स्ववियु निर्वाचनको तयारी र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि निर्वाचन तयारी थाल्न निर्देशनालयले मुलुकभरका क्याम्पसलाई परिपत्र गरेको थियो ।

मिति घोषणा भएपछि विद्यार्थी संगठन पनि निर्वाचन गराउन सकारात्मक देखिएका थिए ।

०७३ मा निर्वाचित स्ववियु पदाधिकारीको म्याद ०७५ फागुनमा सकिएको थियो । त्यसपछि ६/६ महिनाका लागि दुई पटक थपिएको म्याद आगामी फागुन १३ बाट सकिँदै छ । ०७३ मा अधिकांश आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

त्रिविले विद्यार्थी भर्नालगायतका काम समयसीमाभित्रै सक्न भनेको छ । यतिबेला स्नातकोत्तर तहको भर्ना चलिरहेको छ । त्रिविले एक साताभित्रै निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गरेर थप प्रक्रिया अघि बढाउने थापाले जनाए । निर्वाचनका लागि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस