दुर्गा प्रसाईं सुटुक्क प्रशासनमा हाजिर !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १, बिहिबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फाल्गुण १, काठमाण्डौ । मानहानी सम्बन्धी कसूरमा फरार मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं प्रशासनमा सुटुक्क हाजिर भएर छुटेका छन् । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा उनी हाजिर भएका हुन् ।

हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए । साथै, उनले आफूविरुद्ध गुण्डागर्दी गरेर असुरक्षित बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा पनि निवेदन दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस