मानव विकास सूचकाङ्कमा नेपालको एक स्थान सुधार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २८, बुधबार (१ दिन अघि)
  • ६८ पटक पढिएको
मानव विकास सूचकाङ्कमा नेपालको एक स्थान सुधार

जेठ २८, काठमाडौं । मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो ।

यूएनडीपीले जारी गरेको १ सय ९३ वटा देशहरुमा नेपाल दक्षिण एशियामा अफगानिस्तान र पाकिस्तानभन्दा अघि छ । दक्षिण एशियामा माल्दिभ्स सबैभन्दा उच्च ९३औं स्थानमा छ । पहिलो स्थानमा आइसल्यान्ड, दोस्रोमा नर्वे र तेस्रोमा स्विट्जरल्यान्ड छन् ।

यस वर्ष नेपालको सूचकाङ्क मान ०.६२२ रहेको छ । गएको वर्ष ०.६०१ थियो । सूचकाङ्क मानमा एक अङ्कले पूर्ण र शून्य अङ्कले अतिकम भन्ने बुझाउँछ ।

प्रतिवेदन अनुसार शिक्षा, स्वास्थ्य र आम्दानी सूचकहरूमा नेपालको प्रगति मध्यम श्रेणीको रहेको छ । यसले नेपालको विकास गति मन्द र स्वाभाविक रहेको देखाउँछ ।

मानव विकास प्रतिवेदनमा समग्र मानव विकासका तीन वटा आधारभूत आयामको औसत उपलब्धि मापन गर्ने गरिन्छ । जसमा पहिलो आयु अर्थात् एउटा बच्चा सरदर कति लामो आयु बाँच्छ भन्ने हेरिन्छ । प्रतिवेदन अनुसार नेपालीको सरदर आयु ७० वर्ष ४ महिना देखिएको छ । अघिल्लो वर्ष ७० वर्ष ५ महिना थियो ।

दोस्रो आयाम शिक्षा रहेको छ । यसमा भर्ना भएदेखि विद्यालय शिक्षा पूरा गर्न एउटा बच्चाले बिताउनुपर्ने वर्षलाई लिइन्छ । नेपालमा विद्यालय शिक्षा पूरा गर्न १३ वर्ष ८ महिना लाग्ने अनुमान छ । अघिल्लो वर्ष १२ वर्ष ६ महिना थियो ।

तेस्रो आयाम आय रहेको छ । नेपालीको प्रतिव्यक्ति वार्षिक औसत कमाइ ४ हजार ७२६ अमेरिकी डलर पुगेको छ । गएको वर्ष ४ हजार २६ डलर थियो ।

यस वर्षको प्रतिवेदनले मानव विकासका बहुआयामिक पक्षमा कृत्रिम बौद्धिकता (एआई) ले कस्तो प्रभाव पार्न सक्छ रु र सम्भावना देखाएको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेको छ । एआईको प्रयोगबाट मानव विकासलाई थप सशक्त बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न र न्यायपूर्ण समाज स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावनालाई पनि प्रतिवेदनले उजागर गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस